|
१ पृष्ठभूमि
नेपाल अर्थात्
पश्चिमाञ्चल
विकासक्षेत्रस्थित
स्याङ्जा जिल्ला लोकगीतका
लागि प्रसिद्ध
ठाउँहरूमध्ये एक हो।
आँधीखोला यस जिल्लाको
मुख्य खोलो हो। नेपाली
लोकगीतको एउटा भेद रोइला
यस क्षेत्रको सांस्कृतिक
सम्पदा हो। यस क्षेत्रमा
सडक यातायात सुरु हुनुअघि
अर्थात् सिद्धार्थ
राजमार्ग (सुनौली–पोखरा)
बन्नुअघि आँधीखोलाको
किनार पोखरादेखि बुटवल
(बटौली) सम्मको व्यापारिक
मार्गको एउटा खण्ड थियो।
लोकगीतको मुख्य क्षेत्र
हुनु र व्यापारिक मार्गमा
हुनु यी दुई कारणबाट
निश्चित रूपमा लोकगीतको
प्रसारमा यस क्षेत्रको
भूमिका उल्लेख्य छ भन्ने
प्रस्टिन्छ।
लोकगीत लोकसाहित्यका अरू
विधाझैँ नै लोकजीवनका
धुकधुकीहरू बोकेर
लोकजीवनमै बाँच्छ। यसैले
लोकको गतिशीलतासँगै यो
पनि गतिशील हुन्छ। गतिशील
हुनाका कारण लोकगीतमा
परिवर्तन पनि हुँदै
जान्छ। यस्तो खालको
परिवर्तन यसको
विषयवस्तुमा,
संरचनामा सम्पादनको तरिका
र शैलीमा र नाममै पनि हुन
सक्छ। त्यसैले एउटै नामले
चिनिने लोकगीत ठाउँअनुसार
भिन्न हुन सक्छ अनि
भिन्नाभिन्नै नामले
चिनिने भिन्नाभिन्नै
ठाउँका लोकगीत एउटै हुन
पनि सक्छ।
रोइला पनि गतिशीलता र
परिवर्तनले ल्याएका
विविधता र समानता अनि
यसको उद्भव र
प्रसारबारेका मतमतान्तरका
कारण अस्पष्ट बन्न पुगेको
छ।
यस लेखमा पहिले
'आँधीखोले
रोइला'को
सङ्क्षिप्त परिचय दिइएको
छ,
यसपछि यसको उद्भव र
प्रयोगक्षेत्रबारेका
मतमतान्तरहरू प्रस्तुत
गरिएको छ,
अनि यसको संरचनाबारे
प्रष्ट पारिएको छ,
यसमा देखिने स्थानीयताको
चर्चा गरिएको छ र
अन्त्यमा निष्कर्ष
प्रस्तुत गरिएको छ।
२ परिचय
'आँधीखोले
रोइला'
आँधीखोलाको सेरोफेरोमा
मुख्य रूपले प्रचलित
नेपाली लोकगीत हो। यो
बाह्रै महिना र जुनसुकै
समय गाउन सकिने सामान्य
लोकगीत हो। यो मूलतः
दोहोरीका रूपमा गाइन्छ,
तर यो एक्लै वा समूह
गायनका रूपमा पनि गाउन
सकिन्छ। यो लघु आयामको
(मात्र तीन पाउको) लोकगीत
हो। यसमा स्थायी र
अन्तराको भेद हुँदैन। यो
खैँजडी र मुजुरा वा मादल
बजाएर गाइन्छ र बिनावाद्य
पनि गाउन सकिन्छ।
३ उद्भव र प्रयोगक्षेत्र
रोइलाको उद्भव र
प्रयोगक्षेत्र तथा यसको
नामका सम्बन्धमा समेत
विद्वान्हरूबीच
मतमतान्तर देखा पर्छ।
त्यससम्बन्धी केही मतहरू
निम्नानुसार छन्
–
यो गीत गुल्मी जिल्लाबाट
उम्रेको भनिन्छ,
तर महाकालीभन्दा पश्चिमका
पहाडमा पनि प्रशस्तै
गाइन्छ। जे होस्,
गुल्मी जिल्लाका बाहुन
समाजमा ज्यादा छ। अघि
कारणवश क्षेत्रीबाहुनले
'झ्याउरे'को
बहिष्कार क्यैबेला
गरेदेखि संवत् २००७ तक्
रोइला नै प्राय अपनाएका
थिए (पन्त,
२०२८:२८४)।
यो आँधीखोलाले लोकभावनाको
शिरपाउ गुथेर आँधीखोले
(रोइला) भन्ने नाउँ लिन
पुगेको छ। ..... यस
आँधीखोला (स्यांजा) को
सीमित सेरोफेरोलाई पल्लो
नुवाकोट भन्ने चलन थियो।
अतः यी आँधीखोले
लोकगीतलाई नुवाकोटे भनेर
पनि कसैकसैले भन्दछन्
(थापा,
२०३०:१७९–८०)।
नेपाली लोकगीत–विवेचकहरूले
'रोइला'
गीतको उद्गमथलो
'गुल्मी
जिल्ला'लाई
मानेका छन्। गण्डकी
अञ्चलमा भने यस गीतलाई
गाउँघरका पाखापखेरासम्म
पुर्याउने सौभाग्य
स्याङ्जा जिल्लाले लिएको
बुझिन्छ। ... कस्केली
भेकमा रोइलालाई आँधीखोले
विशेषणसमेत लगाई सम्बोधन
गर्दछन्–
'आँधीखोले
रोइला'
(थापा
र सुवेदी,
२०४१:९७)।
रोइला गीतको जननी
आभ्यन्तरमा झ्याउरे,
चुड्का,
चुड्का ख्यालीलाई र
बाह्यमा आँधीखोलाको
सेरोफेरोलाई मानिन्छ। ...
आँधीखोलाको सेरोफेरो
(नुवाकोट,
गह्रौँ,
पैयूँ,
भीर्कोट,
सतौँ,
पर्वत गरी जम्मा ६ भागमा
बाँडिएको छ,
जसलाई पश्चिम ४ नं. पनि
भनिन्छ) भनेर हामीले
स्याङ्जा,
पर्वत,
बाग्लुङ,
गुल्मी,
कास्की,
गोर्खा आदि जिल्लाहरूलाई
चिन्नुपर्दछ (न्यौपाने,
२०५५:१११)।
यस गीत (आँधीखोले रोइला)
को मूल ठाउँ स्याङ्जाको
नुवाकोट हो भनिन्छ तर
आजभोलि त यस गीतले
पश्चिमी भेकलाई सर्लप्पै
ढाकेको छ। ... रोइला हिजो
क्षेत्रीबाहुनको समाजमा
बढी झ्याम्मिए पनि आजभोलि
यस भेकका सबै जातिको पेवा
भएको छ (शर्मा,
२०५६:१४)।
रोइला गीत पश्चिमाञ्चल
क्षेत्रको गुल्मी
जिल्लाबाट उत्पत्ति भएको
मानिन्छ। यो गीत
त्यहाँदेखि पूर्वका
स्याङ्जा र कास्कीका
बनबुटा,
गोठ,
पँधेरी अनि टारहरूसम्म
छापछापती हुन पुगेको छ।
त्यसो त यो गीत महाकाली
छेउछाउका पहाडहरूमा पनि
नगाइने होइन,
तर गुल्मीदेखि यसले
व्याप्ति लिँदै आएको छ।
...
'रोइला
गीत'लाई
नै
'आँधीखोले
गीत'
पनि भन्ने गरिन्छ
(पराजुली,
२०५७:१६२)।
मध्यपहाडी क्षेत्रको
पाल्पा,
गुल्मी र स्याङ्जाका
बाहुनक्षेत्री तथा
मगरहरूको समाजमा रोइला
गीत निकै लोकप्रिय छ। ...
स्याङ्जामा रोइला भनिने
यस्ता गीतलाई पाल्पाका
केही ठाउँमा चुड्का पनि
भनिन्छ। एकथरीको
भनाइअनुसार रोइला गीतहरू
चुड्का गीतबाटै विकसित
भएका हुन् (बन्धु,
२०५८:१३६)।
उपर्युक्त उद्धरणहरूबाट
निम्नलिखित बुँदाहरू लिन
सकिन्छ
–
१ रोइला वि.सं. २००७ साल
अघिदेखि नै अस्तित्वमा छ।
२ रोइला गीत पूर्वमा
गोर्खादेखि पश्चिममा
महाकालीपारिसम्म गाइन्छ
तापनि मुख्य रूपमा
गुल्मीदेखि कास्कीसम्म
यसको बिस्तार पाइन्छ।
३ ख्याली, चुड्का र
रोइलाबीच निकट सम्बन्ध छ।
४ रोइलाको उद्गमस्थल
केहीले गुल्मी र केहीले
स्याङ्जालाई मान्दछन्।
५ रोइलालाई 'आँधीखोले
रोइला', 'आँधीखोले गीत',
'नुवाकोटे गीत'
र 'चुड्का'
पनि भनिन्छ।
६ यो बाहुनक्षेत्री र
मगर समाजमा मुख्य रूपले
प्रचलित छ भने अरू जातिमा
पनि यसको प्रचलन छ।
यहाँ रोइला गीतको
उद्गमस्थलका रूपमा
गुल्मीलाई पनि देखाइएको
भए पनि रोइलाका विभिन्न
नाम र यसको प्रसारलाई
हेर्दा स्याङ्जा नै यसको
उद्गमस्थल हुने बलियो
सम्भावना देखिन्छ। तर,
यस विषयमा थप प्रमाण र
तर्कका आधारमा जुनसुकै
निष्कर्षमा पुग्न सकिने
सम्भावनालाई खुलै छाडी
शीर्षकबाटै अध्ययनलाई
'आँधीखोले
रोइला'मा
मात्र सीमित गरिएको छ।
४ संरचना
रोइलामा तीन पाउ वा चरण
हुन्छन् र यसमा स्थायी र
अन्तरा हुँदैन भन्ने
कुरामा यसका अध्येताहरू
प्रष्ट र एकमत भए पनि यो
अक्षर वा मात्रा केमा
आधारित संरचना हो र ती
कुन कुन पाउमा कति कति
हुन्छन् भन्नेबारे
अस्पष्टता देखिन्छ। यसको
संरचनाबारेको
अस्पष्टतालाई तीन भागमा
बाँडेर हेर्न सकिन्छ।
पहिलो अस्पष्टता रोइला
शीर्षकभित्र समेटिएका
गीतहरूको संरचना फरक फरक
भएकाले तीमध्ये कुनचाहिँ
वा सबै रोइला गीत हुन्
भन्ने अस्पष्टता हो। थापा
(२०२०:२६३ र २०३२:१८५–२१५),
पन्त (२०२८:२८४–५),
पराजुली (२०५७:१६३–४)
र अधिकारी (२०५८:१०–१४)
मा यस्तो अस्पष्टता
देखिन्छ। यसको समाधानका
लागि यस लेखमा आँधीखोले
रोइलाको संरचनासँग
मिल्नेलाई मात्र आँधीखोले
रोइलाका रूपमा लिइएको छ र
अन्यलाई या त रोइला नै
होइनन् या रोइलाका अरू नै
(आँधीखोले बाहेकका) भेद
हुन् भन्ने मानी छाडिएको
छ।
दोस्रो अस्पष्टता लेख्य
वर्ण (letter
वा
grapheme)
र अक्षर (syllable)
बारे अध्येताको अस्पष्टता
हो। यस्ता अस्पष्टता थापा
र सुवेदी (२०४१:९९),
न्यौपाने (२०५५:११२),
शर्मा (२०५६:१५) र
पराजुली (२०५७:१६२) मा
पाइन्छ। यीमध्ये थापा र
सुवेदी र पराजुली
प्रत्येक चरण प्रायः छ वा
सात अक्षरका हुन्छन् र
पूरा रोइला १९ देखि २१
अक्षरसम्मको हुन्छ
भन्छन्। न्यौपाने
प्रत्येक चरण अक्सर गरेर
७ वा ८ अक्षरका पाइन्छन्
र पूर्ण आकार १९ देखि २४
अक्षरसम्मको पाइन्छ
भन्छन्। शर्मा भने घटीमा
१५ देखि बढीमा बीसबाइसे
अक्षरसम्मको पङ्क्तिहार
बनेको पाइन्छ भन्छन्। तर
यीमध्ये पराजुलीका केही
उदाहरणबाहेक सबै उदाहरणमा
पहिलो चरणमा छ अक्षर र
बाँकी चरणमा सात–सात
अक्षर नै पाइन्छ।
तेस्रो खालको अस्पष्टता
रोइला अक्षरमा आधारित
संरचना हो कि मात्रामा
आधारित संरचना हो भन्ने
हो। यस्तो अस्पष्टता पन्त
(२०२८) र बन्धु (२०५८) मा
पाइन्छ। पन्त रोइला
छन्दहरू आठ मात्रे दुई
पाउका र आठै मात्रे तीन
पाउका पनि हुन्छन्
भन्दछन् (पृ. २८४–५)।
बन्धु एक ठाउँ पहिलो
चरनमा ६ मात्रा र दोस्रो
र तेस्रो चरनमा ७–७
मात्रा हुन्छ भन्छन् (पृ.
१३१) भने अर्का ठाउँमा
पहिलो चरनमा ६ अक्षर र
दोस्रो र तेस्रो चरनमा ७–७
अक्षर हुन्छ भन्छन् (पृ.
१३६)। उदाहरण भने पन्तका
केही र बन्धुका सबै नै ६–७–७
अक्षरका छन्,
६–७–७
मात्राका होइन। संरचनामा
अक्षर वा मात्रा र तिनको
सङ्ख्याबारे स्पष्ट हुन
यो उदाहरण हेरौँ
–
(१)
मन्पेट् मलाई द्यौ न
टक मैमा लाइद्यौ न
तिमी मेरी भैद्यौ न
(पन्त,
२०२८:२८५)
अक्षर श्वासको एक
प्रवाहमा उच्चारण
गरिसकिने वर्णहरूको समूह
हो। त्यसैले यो उच्चारणका
आधारमा निर्धारित हुन्छ र
लेख्य वर्ण (यसलाई पनि
सामान्यतः अक्षर नै भन्ने
गरिएको छ) र यसको सङ्ख्या
बराबर नहुन पनि सक्छ।
उपर्युक्त रोइलालाई
अक्षरका आधारमा हेर्दा
–
मन् पेट् म लाई द्यौ न
१ १ १ १ १ १ = ६
अक्षर
ट क मै मा लाइ द्यौ न
१ १ १ १ १ १
१ = ७ अक्षर
ति मी मे री भै द्यौ न
१ १ १ १ १ १ १ = ७
अक्षर
यसरी यो ६– |